सर्बियाबाट इटाली आउने क्रममा बेपत्ता भएका विष्णु मिजारको खोजीमा सहयोगको अपिल

मिलान, इटाली — म्याग्दी जिल्ला, बेनी नगरपालिका–९, काउलेगौँडाका विष्णु कुमार मिजार विगत आठ महिनादेखि सम्पर्कविहीन रहेको भन्दै उहाँको खोजीमा सहयोग गरिदिन परिवारले युरोपमा रहेका नेपाली समुदायसँग अपिल गरेको छ।
परिवारले दिएको जानकारीअनुसार, मिजार रोजगारीको सिलसिलामा सर्बियाबाट इटाली आउने क्रममा सम्पर्कविहीन भएका हुन्। लामो समय बितिसक्दा पनि उहाँको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।
उहाँ हाल कहाँ हुनुहुन्छ, उहाँको अवस्था कस्तो छ वा उहाँसँग सम्बन्धित कुनै जानकारी कसैसँग भएमा परिवार वा नजिकका सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।
यो सूचना उहाँकी श्रीमती सरिता मिजारको आग्रहमा सार्वजनिक गरिएको हो। परिवारले विशेषगरी इटालीसहित युरोपका विभिन्न देशमा रहेका नेपालीहरूलाई यो सूचना धेरैभन्दा धेरै शेयर गरेर खोजीमा सहयोग गरिदिन आग्रह गरेको छ।
Comments (0)
No comments yet. Be the first to share your thoughts!
Related Articles

युरोपमा शरण नीतिमा थप कडाइको प्रस्ताव

इटालीमा शरणसम्बन्धी नयाँ कानुन
